+

झुक्किएर पन्जाब आइपुगेका ‘सुपर हिरो’

२०८० चैत  २३ गते १८:३८ २०८० चैत २३ गते १८:३८
झुक्किएर पन्जाब आइपुगेका ‘सुपर हिरो’

मध्यक्रमका ब्याटर शशांक सिंहको उत्कृष्ट ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गुजरात टाइटन्सलाई ३ विकेट हराउन सफल भयो । उनले २९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रनको अविजित इनिङ खेल्दै प्लेयर अफ द म्याच बनेका थिए ।

२०० रनको लक्ष्य पछयाएको पन्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो । शशांक क्रिजमा आउँदा पन्जाब ८.४ ओभरमा ७०–४ को अवस्था थियो र जित्न प्रतिओभर ११.४७ रन चाहिन्थ्यो । अनि दुई अफगानी स्पिनर राशिद खान र नुर अहमदकसँगै डेथ ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै आएका मोहित शर्मा जस्ता बलर सामना गर्नुपर्ने थियो । त्यो समयमा पन्जाबको जितको सम्भावना इसपीएनको अनुसार ४.७७ प्रतिशत मात्रै बाँकी थियो ।

प्रमुख ब्याटर शिखर धवन १, जोनी बेयरस्टो २२ र साम करन ५ रनमा आउट हुँदा जितको सम्भावना धेरै कठिन बनेको थियो । तर शशांक र आशुतोष शर्मा मिलेर जिताए । आशुतोषले १७ बलमा महत्वपूर्ण ३१ रन जोडेका थिए ।

हारको अवस्थाबाट खेल जिताएका शशांक अक्सनमा पन्जाबले चाहेर किनेको खेलाडी भने होइनन् । आईपीएलको अक्सन १९ डिसेम्बरमा दुबईमा भएको थियो । अक्सनमा शशांकको नाम आएपछि प्रीति जिन्टा सहितको टोलीले बोली लगाए । अन्य टोलीले मूल्य नलाएपछि न्यूनतम मूल्य २० लाख भारुमै पायो ।

तर राति ८ बजेतिर अक्सनमा पुनः शशांकको नाम आयो । बंगालका १९ वर्षीय अलराउन्डर शशांकलाई किन्ने पञ्जाबको योजना थियो । तर अर्कै शशांकलाई अनुबन्ध गरेको कारण पन्जाबको अक्सन टेबलमा बसेकाहरु अलमलमा परे ।

पन्जाबका दुई सहमालिक प्रिती, निसा वादिवा र विकाश प्रशिक्षक सञ्जय बंगरबीच छलफल भयो । झुक्किएर ३२ वर्षीय शशांकलाई किनेको थाहा पाएपछि पञ्जाबले अक्सन होस्ट मालिका सागरलाई आफूले गलत खेलाडी किनेको बताउँदै फिर्ता गर्न खोजेको थियो । तर सोल्ड बेल बजिसकेको हुँदा पञ्जाबले फिर्ता गर्न पाएन । अनि ३२ वर्षीय शशांक पञ्जाबको टोलीमा जोडिन पुगे ।

यसबारे पञ्जावले स्पष्टीकरण नै दियो । ‘शशांक सधैं हाम्रो लक्ष्य सूचिमा थिए । एउटै नामका २ खेलाडी हुँदा अन्यौल भएको हो । उहाँलाई पाउँदा हाम्रो सफलताको योगदान दिएको हेर्न चाहान्छौं’, पञ्जाबले प्रष्ट पार्दै भनेको थियो ।

त्यहिँ पोष्ट सेयर गर्दै शशांकले लेखेका थिए, ‘यो सबै राम्रो छ…. मलाई विश्वास गरेकोमा धन्यावाद ।’

दिल्लीसँग शून्य, बेंगलोरसँग २१ र लखनउसँग ९ रनमा अविजित रहेका थिए । ‘त्यो समय म क्रिकेट सट मात्रै खेल्न चाहन्थे, बल हेरेर खेल्ने रणनीतिमा थिए’ उनले सुनाए, ‘जब म ब्याटिङमा जान्छु, म विश्वकै उत्कृष्ट हुँ । बलरलाई देख्दिनँ, म बल हेर्छु र प्रतिक्रिया दिन्छु ।’

शशांकको घरेलु र आईपीएल क्रिकेट यात्रा

मुम्बईमा उमेर समूह खेल्दै हुर्किएका उनले २०१५ मै शैद मुश्ताक अली ट्रफीमा डेब्यू गरेका थिए । चार संस्करणमा मुम्बईबाट १५ टी–२० र तीन लिष्ट ए खेलेका थिए ।

पर्याप्त खेल्ने अवसर नपाएपछि चिन्तित बनेका उनी पडुचेरीबाट घरेलु क्रिकेट खेल्ने निर्णय लिए । तर पडुचेरीमा पनि उनले २०१८/१९ को संस्करणमा एक मात्रै खेल खेल्ने अवसर पाए । त्यसपछि छत्तिसगढबाट खेल्ने निर्णय लिए । छत्तिसगढबाट २०१९/२० को सिजनमा उनले रणजी ट्रफी खेल्ने मौका पाएका थिए ।

त्यसपछि त्यही सिजन राजस्थान रोयल्समा आबद्ध भए । हैदराबादले २०२२ को अक्सनमा उनलाई किनेपछि आईपीएलमा चेन्नईविरुद्ध डेब्यू गरे । आईपीएल डेब्यूको पाँच वर्ष लामो पखाइ सकियो । तर डेब्यू खेलमा उनको ब्याटिङको अवसर भने आएन । त्यसवर्ष गुजरातविरुद्ध उनले ६ बलमा १ चौका र ३ छक्कासहित २५ रन बनाएका थिए । न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनलाई गुजरातको अन्तिम तीन बलमा शशांकले लगातार तीन छक्का हानेका थिए । तर गुजरातले टोलीबाट फुकुवा (रिलिज) गर्‍यो ।

२०२४ मा झुक्किएर पन्जाबमा आवद्ध भएका उनले टोलीको मध्यक्रमको ब्याटिङ कमजोर हुँदा सुरूवातदेखि नै खेल्ने अवसर पाए । अनि आफू पञ्जाबलाई जिताएरु आईपीएल खेल्न योग्य भएको सबै फ्रेन्चाइज टोलीलाई राम्रो जवाफ पनि दिए ।

सायद पन्जाबले पनि अब उनलाई झुक्किएर होइन, भाग्यले पाएको खेलाडी भन्नेछ । अक्सनबाट नाम फिर्ता लिने प्रयास गरेकी प्रीती जिन्टा अब उनको प्रदर्शनमा गर्वका साथ ताली बजाउने छिन् ।

एजेन्सीको सहयोगमा

आईपीएल पन्जाब किंग्स शशांक सिंह
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय