+
+

सहकारीमा मेरै २३ लाख डुबेको छ, उठाइदिनेलाई अलिकति दिन्थें : मन्त्री अर्याल

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २४ गते ११:००

२४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारीमा आफ्नै २३ लाख डुबेको बताउँदै उठाइदिनेलाई एक/दुई लाख इनाम दिने घोषणा गरेका छन् ।

मन्त्री अर्यालले श्निबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै भने, ‘मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा । म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थें ।’

उनले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नपाएको दाबी गरे ।

उनले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नु बाहेक अरु कुनै कारोबारमा सही नगरेको समेत दाबी गरे ।

त्यसपछि संस्था कसरी चलाउने भनेर ७० पेजको प्रपोजल लिएर जाँदा आफूलाई नेतृत्व दिन नमानेपछि राजीनामा गरेर २३ लाख फिर्ता मागेको बताए । तर, उक्त रकम नपाएको उनको दाबी छ ।

आफूलाई हाम्रो नयाँ कृषि सहकारीमा मुछिएपछि मन्त्री अर्यालले जेल भर्नकै लागि अपराधै नगरी कस्डीमा जानु पर्छ भनेको खण्डमा जानु तयार रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?