
अस्पतालमा राखिएको शव । फाइल फोटो
२५ चैत, काठमाडौं । ललितपुरको हात्तीवनस्थित मेटल उद्योगमा आगलागी हुँदा मृत्यु भएका व्यक्तिको सनाखत भएको छ ।
मृतक काभ्रेको भुम्लु गाउँपालिका सल्लेका ५० वर्षीय राजु ठकुरी भनिने भोजबहादुर पहरी रहेको प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।
ललितपुर महानगरपालिका–२३ हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा शुक्रबार बिहान ६ बजे आगलागी भएको थियो । आगो निभाइसकेपछि एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका थिए । उनको शरीर जलेकाले मृतकको सनाखत हुन सकेको थिएन ।
तर पछि मृतकका आफन्तले शव सनाखत गरेको ललितपुर प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4