
२५ चैत, काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुलेको छ । कम्पनीको हकप्रदमा नबिकेको उक्त सेयरमा सर्वसाधारण तथा संघसंस्थाहरुले आज आइतबारदेखि बैशाख ९ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् ।
बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार प्रतिकित्ता १ सय रुपैयाँ नघट्नेगरी आवेदनका साथ रकम जम्मा गरेको निस्सा संलग्न गर्नुपर्नेछ । न्यूनतम १ सय कित्ता र सो अंकले भाग जाने संख्याका लागि आवेदन दिन सकिनेछ ।
ग्लोबल आईएमई क्यापिटलको नक्साल कार्यालय, ग्लोबल आईएमई बैंकका नयाँ बानेश्वर, विर्तामोड, विराटनगर, जनकपुरधाम, वीरगन्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ बजार, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट फारम पाइने र सोही केन्द्रमा बुझाउन सकिने छ । यो सेयर बाँडफाँट भई नेपाल स्टक एक्स्चेन्जमा सूचीकरणपश्चात एचआईडीसीएलपी संकेतमा कारोबार हुनेछ ।
प्रतिक्रिया 4