+
+

मुख्यमन्त्री नपाएपछि माओवादीबाट आफैं मन्त्री बन्दै चुमान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते १५:०८

२५ चैत, काठमाडौं । गण्डकी प्रदेशको नेतृत्व आफूहरुले पाउनुपर्ने माग राखेका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान आफैं मन्त्री बनेर खगराज अधिकारी नेतृत्वको सरकारमा जाने भएका छन् ।

एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्ति भएपछि माओवादी संसदीय दलको बैठकले चुमानकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको प्रमुख सचेतक कुशुम बुढामगरले जानकारी दिइन् ।

चुमानले यसपटक गण्डकीमा जसरी पनि माओवादीले नेतृत्व पाउनुपर्ने भन्दै केन्द्रसम्मै दबाब दिए पनि असफल भएका थिए । यसअघि पनि पटक पटक मुख्यमन्त्रीको दाबी गरेर नपाएका माओवादी संसदीय दलका नेता चुमान गण्डकीमा दोस्रो कार्यकालसम्म आइपुग्दा तेस्रो पटक मन्त्री हुन लागेका हुन् ।

गत पुस २६ गते एमाले–माओवादीकै सरकारमा खगराज मुख्यमन्त्री हुँदा चुमान भौतिक पूर्वाधार मन्त्री बनेका थिए । त्यो बेला पनि चुमानले मुख्यमन्त्रीको दाबी गरेका थिए ।
अहिले फेरि खगराज नेतृत्वकै सरकारमा चुमान मन्त्रीको बन्न लागेका हुन् ।

चुमान पहिलो कार्यकालमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । खगराज नेतृत्वको सरकार ढलेर माओवादीसहितको कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री हुँदा पनि चुमानले मुख्यमन्त्री दाबी गरेका थिए । तर, आलोपालो गर्ने सहमतिपछि माओवादीका रेशमबहादुर जुग्जाली र सुशीला सिम्खडा मन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?