
२५ चैत, काठमाडौं । गाँजासहित कार चालकलाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कार चालक गोरखाको सुलिकोट गाउँपालिका–४ घर भएका २४ वर्षीय मदन नेपाली छन् ।
जिल्ला इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पोखराको तालचोकबाट शनिबार बिहान पौन ३ बजेतिर पक्राउ गरेको हो ।
ग १ च ५१३२ नम्बरको कारको डिकीभित्र रातो प्लाष्टिकमा पोकामा बनाएर उनले गाँजा ओसारेको आरोप लागेको छ । नेपालीले चलाएको कारबाट प्रहरीले ९ किलो ८ सय ग्राम गाँजा बरामद गरेको छ ।
पक्राउ परेका चालक नेपालीमाथि लागु औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4