+
+

सचिव तोयम रायाको राजीनामा स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते १०:२३

२६ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम रायाको राजीनामा स्वीकृत गरेको छ । महालेखापरीक्षकमा सिफारिस भएपछि उनले सचिव पदबाट राजीनामा दिएका थिए ।

गत बिहीबारको मन्त्रिपरिषद बैठकले सचिव रायाको राजीनामा स्वीकृत गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सचिव रायाको राजीनामा स्वीकृत गरेको जानकारी दिइन् । रायाको राजीनामा स्वीकृत भएसँगै प्रशासनको सचिवतर्फको एउटा पद रिक्त भएको छ ।

अवकाशको करिब ५ महिनाअघि उनी ६ वर्षका लागि महालेखापरीक्षक नियुक्तका लागि सिफारिस भएका थिए । गत १८ चैतमा बसेको संवैधानिक परिषद् बैठकले रायालाई महालेखापरीक्षकमा सिफारिस गरेको थियो ।

उनले त्यसपछि सचिव पदबाट राजीनामा दिएका हुन् । तर, सचिव पदमा कार्यरत व्यक्तिलाई सोझै महालेखा परीक्षक बनाउँदा स्वार्थ बाझिने भन्दै सिफारिसको विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?