
२५ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा आवेदन दिएकामध्ये पाँच जनाको नाम ‘सर्टलिस्ट’ भएको छ ।
बोर्डका अनुसार कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठको नाम सर्टलिस्टमा परेका हुन् ।
यीमध्ये कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत, चापागाईं बीमा समितिका पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।
अध्यक्षबाट रमेश हमाल बाहिरिएपछि बोर्ड सञ्चालक समितिले अध्यक्षका लागि आवेदन मागेको थियो । त्यसको अन्तिम म्याद ३० फागुन थियो । म्यादभित्र १९ जनाले आवेदन दिएका थिए । तीमध्ये अहिले पाँच जना सर्टलिस्टमा परेका हुन् ।
बोर्डका अनुसार सर्टलिस्टमा परेका मध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिने छ । र, ती तीनमध्ये एक जनालाई मन्त्रिपरिषद्ले चार वर्षका लागि धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्ने छ ।
प्रतिक्रिया 4