
२५ चैत, काठमाडौं । कक्षा युकेजीमा अध्ययनरत आरभबन्धु थापाले काठमाडौंमा एकल चित्रकला प्रदर्शनी गरेका छन् ।
६ वर्षीय थापाले काठमाडौंको नयाँबानेश्वरस्थित एनबी सेन्टरमा आइतबार एकल चित्रकला प्रदर्शनी गरेका हुन् ।
भक्तपुर घर भएका आरभले कोरेका पशुपति र जानकी मन्दिर, जात्रा, शिव लिङ्गलगायतका चित्र प्रदर्शनीमा राखिएको थियो । आरभलाई हौसला प्रदान गर्न बालबालिकादेखि बुढापाकासम्म प्रदर्शनीस्थलमा पुगेका थिए ।
आरम्भका बुवा एवम् फोटो पत्रकार भरतबन्धु थापाले कुनै ठाउँ घुमेर फर्किएलगत्तै चित्र कोरिहाल्ने आरभको स्वभाव रहेको भन्दै उनलाई हौसला प्रदान गर्न एकल चित्रकला प्रदर्शनी गरिएको जानकारी दिए ।
प्रदर्शनीमा उनी अध्ययनरत चेल्सी वर्ल्ड स्कुलले सहयोग गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4