+

भरतपुर फ्ल्याट ट्रयाक रेसिङको उपाधि दिपेसलाई

२०८० चैत  २६ गते १२:०३ २०८० चैत २६ गते १२:०३
भरतपुर फ्ल्याट ट्रयाक रेसिङको उपाधि दिपेसलाई

२६ चैत, काठमाडौं । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको उपलक्ष्यमा र भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धनका लागि भएको भरतपुर फ्ल्याट ट्रयाक २०८० रेस को उपाधि दिपेश तामाङले जितेका छन् ।

टिभियास रेसिङको आर्थिक सहयोगमा भएको प्रतियोगितामा दिपेश तामाङ पहिलो, विशाल दोर्जे तामाङ दोस्रो र कुशल दुलाल तेस्रो भएका थिए ।

विजेता दिपेसले नगद ५० हजार प्राप्त गरे भने दोस्रो भएका विशालले २० हजार र तेस्रो भएका कुशलले १० हजार हात पारे ।

विजेताहरुलाई बागमती प्रदेश सामाजिक विकास मन्त्रालय सचिव डा. भीष्मकुमार भूसाल र बागमती खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले सिल्ड, मेडल, सिर्टिफिकेटका प्रदान गरे ।

बागमती अटोमोबाइल्स एसोसिएसन र नेपाल मोटरस्पोर्टस् क्लवको संयुक्त आयोजनामा भएको यस भरतपुर फ्ल्याट ट्रयाक रेसको सुरुवात नेपाल अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष अनिल कुमार बराल र बागमती अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पियाको ग्रिन फ्ल्याग अफबाट भएको थियो ।

अन्तर प्रदेश खेलकुद प्रतियोगिताको सुरुवातका साथै भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धनको लागि गरिएको यस रेसले अन्तर प्रदेश खेलकुदमा स्पोर्टम्यानसिपको भावना बढाउनुका साथै भरतपुरमा पर्यटन बढाउने र चितवनलाई नेपालको रेसिङ हब बनाउने प्रतिबद्धता आयोजक राजन पियाले जानकारी दिए ।

फ्ल्याट ट्रयाक भरतपुर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय