+
+

जुगल हिमाल आरोहण टोलीलाई काठमाडौंबाट बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते ११:५०

२६ चैत, काठमाडौं । नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा गर्न लागिएको जुगल हिमाल आरोहण टोलीलाई काठमाडौंबाट बिदाइ गरिएको छ ।

जुगल हिमाल रहेको सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा, बागमती प्रदेश सभा सदस्यद्वय सरल सहयात्री र अमृता नेपालले आरोहणदललाई शुभकामना दिएर बिदाइ गरेका हुन् ।

यसअघि शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा तीन नेपाली र सात कोरियाली आरोहीलाई दुवै देशको झण्डा हस्तान्तरण गरेर शुभकामना दिएका थिए ।

बिदाइसँगै आरोहण टोली सिन्धुपाल्चोक प्रस्थान गरेको छ । आरोहण दलले जुगल हिमशृङ्खलामा रहेको ६ हजार ५९१ मिटरको ‘जुगल १’ र ६ हजार ५१८ मिटरको ‘जुगल २’ चुचुराको आरोहण गर्नेछ । चैत ८ गते बसेको मन्त्रिपरिषद् बैठकले दुवै हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?