
२६ चैत, काठमाडौं । साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष-२०८१ को अवसरमा ‘नाइट बन्जी’ गर्ने भएको छ ।
साथै ३० चैत साँझ लाइभ म्युजिक तथा ’फायर डान्स’ गरी नयाँ वर्षलाई स्वागत गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालक कम्पनीले साहसिक खेलकुदका पारखीहरूलाई नयाँ अनुभव दिन नाइट बन्जी आयोजना गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । कम्पनीले यसअघिका नयाँ वर्षहरूमा पनि नाइट बन्जी गर्दै आएको थियो ।
नयाँ वर्षको अवसरमा कम्पनीले ३० चैत र १ वैशाखमा क्लिफको रिसोर्टमा रुम बुकिङ गर्दा १५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।
कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङको बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।
रिसोर्ट सहितको एड्भेन्चर हब द क्लिफमा बन्जी र स्विङसँगै विश्वकै अग्लो व्यावसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रिज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ लगायत गतिविधि सञ्चालनमा छन् ।
प्रतिक्रिया 4