+
+

प्रिमियर कपमा यूएईको टोलीमा वृत्य अरबिन्द नहुने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १७:५०

 २६ चैत, काठमाडौं । प्रमुख ब्याटर वृत्य अरबिन्द विना नै उपाधिको दाबेदार यूएईले एसीसी प्रिमियर कप खेल्ने टोली घोषणा गरेको छ ।

घोषणा टोलीमा वृत्यसँगै अर्का तीव्र गतिका बलर जहुर खान पनि छैनन् । वृत्य पछिल्लो समय पढाइको कारण इंग्ल्यान्डमा छन् । त्यसैको कारण एसीसी प्रिमियर कपकाे टोलीमा छैनन् । लालचन्द राजपुत मुख्य प्रशिक्षक बनेसँगै यूएईको टिम निर्माणमा केही समस्या पनि देखिएको छ । वृत्यु यूएईका प्रमुख ब्याटर हुन् ।

पछिल्लो समय यूएईले हात पारेका सबै सफलतामा वृत्यको योगदान महत्त्वपूर्ण छ । २१ वर्षीय उनले ४८ टी २० आई खेलमा १ हजार ५२ रन बनाएका छन् । प्रिमियर कपको विजेताले टी २० एसिया कप खेल्न पाउने छ । नेपालले सेमिफाइनल वा फाइनलमा यूएईसँग खेल्नुपर्ने सम्भावना बढी छ । वृत्य नहुँदा नेपाललाई धेरै फाइदा हुने देखिन्छ ।

प्रतियोगिता १२ अप्रिलदेखि २१ अप्रिलसम्म यूएईमा हुनेछ । प्रिमियर कपको समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् । समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल हुँदै विजेता हुने टोलीले एसिया कप खेल्ने पाउनेछ । नेपाल, यूएई र ओमान विजेताको प्रमुख दाबेदार हुन् ।

यूएईको टोली : मोहम्मद वासिम (कप्तान), आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, राहुल भाटिया, राजा अकिफ, टानिश सुरी र विष्णु सुकुमारान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?