
२६ चैत, धनगढी । धनगढीमा समिट एयरको जहाज ग्राउन्डेड गरिएको छ । सोमबार धनगढीबाट बझाङका लागि उड्नै लागेको समिट एयरको जहाजको दुवैतिरको पंखा नजिकबाट इन्धन चुहिएको देखिएपछि इन्जिन बन्द गरेर जहाजलाई ग्राउन्डेड गरिएको हो ।
जहाजमा इन्धन चुहिएको कुरा यात्रुले थाहा पाएपछि एयर होस्टेसलाई जानकारी गराएका थिए । लगत्तै उक्त जानकारी चालक दलका सदस्यलाई दिइएपछि ग्राउन्डेड गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
जहाजलाई ग्राउन्डेड गरिएपछि विमानस्थलमा अग्नी नियन्त्रकको टोलीले जहाजको निरीक्षण समेत गरेको छ । समिट एयरका कर्मचारी रोशन सिंहले काठमाडौंबाट आएर प्राविधिक टोलीले परीक्षण गरेपछि मात्र उडान सेवा सुरु गरिने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4