२६ चैत, काठमाडौं । स्पोर्टस् एकेडेमी साँगाले शहीद स्मारक सी डिभिजन लिगमा विजयी सुरूवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा स्पोर्टस् एकेडेमी साँगाले झम्सिखेल युथ क्ललाई १-० ले हरायो ।
प्रतिस्पर्धात्मक खेलको ८३औं मिनेटमा साज नराज गौतमले गरेको १ मात्र गोलको मद्दतमा साँगाले कठिन जित निकालेको हो । जितपछि साँगाले ३ अंक जोडेको छ ।
सोमबार नै भएको पहिलो खेलमा गोलबजार स्पोर्टस् क्लब र स्वयम्भू क्लबले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलमा स्वयम्भूले २ गोलको अग्रता लिए पनि जोगाउन नसक्दा अंक बाँड्नुपरेको थियो । स्वयम्भूका लागि सुग्रित मगरले २३औं र रन्जन पुनले ४९औं मिनेटमा गोल गरेका थिए । तर गोल बजारले खेलमा पुनरागमन गर्यो । उसका लागि आशा हाङ राईले ५५औं र सनम थापाले ९०औं मिनेटमा गोल गरे ।
सोमबारको दुई खेलपछि सी डिभिजनको पहिलो चरणको खेलहरु सम्पन्न भएका छन् । जसमा ७ मध्ये ५ खेलम ास्पष्ट नतिजा आउँदा दुई खेल बराबरीमा सकिएका थिए ।
प्रतिक्रिया 4