
२७ चैत, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान ८ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।
संसदको गतिरोध, संसद्मा दर्ता भएका विधेयक, बजेट अधिवेशनलगायतमा छलफल गर्न बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठकमा कांग्रेसले निरन्तर गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।
समिति गठन नभए बैठक चल्ने नदिने चेतावनी कांग्रेस नेताहरूले दिएका छन् । कांग्रेसले दिएको अल्टिमेटम सकिएपछि संसद अवरोधको चेतावनी दिएको हो । दलको बैठकमा यसबारे पनि छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4