+
+

प्रतिनिधि सभा बैठकमा कांग्रेसको अवरोध

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १३:०४

२७ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ। संसद बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आ–आफ्नो स्थानमा उठेका थिए ।

सभामुख देवराज घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन् । तर सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उनले समिति नबनेसम्म कुनै पनि कामकारबाही अगाडि नबढाउन आग्रह गरिन् ।

लगतै सभामुखले रास्वपा सांसद मनिष झालाई समय दिएका थिए, तर कांग्रेस सांसदहरु उभिइरहे ।

सत्तापक्षका सांसदहरू पनि केहीबेर उभिरहे । सत्तापक्षले यो हाउस प्रतिपक्षीको मात्रै होइन भनिरहेका थिए भने प्रतिपक्षीले सत्ता अनुसार सभामुख चलेको आरोप लगाइरहे ।

सभामुखले बसेर सदन सुरु गर्न सहयोग गरे पनि कांग्रेस सांसदहरु उभिइरहेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित भएको जानकारी गराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?