+
+

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १३:१५

२७ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सभामुख घिमिरेले १५ मिनेटपछि बैठक बस्ने गरी संसद बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानमा उठेका थिए ।

सभामुख घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन् । तर सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उनले समिति नबनेसम्म कुनै पनि कामकारबाही अगाडि नबढाउन आग्रह गरिन् ।

लगतै सभामुख घिमिरेले रास्वपा सांसद मनिष झालाई समय दिए, तर कांग्रेस सांसदहरु उभिइरहे । सभामुखले बसेर सदन सुरु गर्न सहयोग गरे । सत्तापक्षका सांसदहरु बसे पनि कांग्रेस सांसदहरु उभिइरहेपछि सभामुख घिमिरेले संसद बैठक स्थगित भएको जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?