
२७ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका प्रतिस्पर्धी पाँच जनाले आगामी बिहीबार आफ्ना कार्यायोजना प्रस्तुत गर्ने भएका छन् ।
अध्यक्ष छनोट समितिले बिहीबार कार्ययोजना प्रस्तुत गर्न ‘सर्टलिस्ट’ मा परेका ती पाँच जनालाई बोलाएको छ ।
सर्टलिस्टमा परेका पाँचको कार्ययोजना मूल्यांकन गरी उत्कृष्ट तीन जनाको नाम छनोट समितिले मन्त्रिपरिषद्मा सिफारिस गर्ने छ । मन्त्रिपरिषद्मा सिफारिस भएका तीनमध्ये एक जनालाई अध्यक्ष नियुक्त गरिने छ ।
कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम सर्टलिस्टमा परेको छ ।
तीमध्ये कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत, चापागाईं बीमा समितिका पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4