
काठमाडौं । जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले ‘सुपर लक्जरी श्रेणी’ का दुई नयाँ पेन्ट्स सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार नेपालभरिका अधिकृत विक्रेताहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी एक्सेल इभरलास्ट १२ र इम्प्रेसन इको क्लिन पेन्ट्स सार्वजनिक गरेको हो।
९ चैतमा बानेश्वरमा आयोजित बिजनेस पार्टनर कन्क्लेभ २०८० कार्यक्रममा यी दुई नयाँ पेन्ट सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । दुवै नयाँ पेन्ट्स घरकोभित्री सतहमा लगाउने पेन्ट भएको कम्पनीले जनाएको छ ।
यी दुवै पेन्टमा ‘सुपर रिच प्रपर्टिज’ र हानिकारक किटाणु प्रतिरोधि लगायतका धेरै विशेषताहरू रहेका छन् ।
कम्पनीका अनुसार सार्वजनिक गरिएका दुई पेन्टहरु मध्ये एक्सेल इभरलास्ट १२ मा १२ वर्षसम्मको वारेन्टी दिइएको छ ।
कुनै पनि बहुराष्ट्रिय कम्पनीद्वारा नेपालमा बिक्री वितरण हुने आफ्ना उत्पादनमा १२ वर्षसम्मको वारेन्टी दिइएको यो पहिलो पटक हो ।
इम्प्रेसन इको क्लिन पेन्टमा ‘सुपर लक्जरी फिनिस’ र वातावरणलाई असर गर्ने कुनै रसायन नभएको र यसबाट हानिकारक गन्ध पनि नआउने कम्पनीको भनाइ छ । जसका कारण घरभित्र लगाउन यो पेन्ट अत्यन्तै सुरक्षित रहेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया 4