
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको मूल्य एक लाख रुपैयाँले वृद्धि गरेको छ ।
कम्पनीका अनुासर २०२४ अप्रिल ५ तारिकदेखि टियागो ईभीको सुरुवाती मूल्यको अवधि सकिएसँगै नेपालमा उपलब्ध टियागो ईभीको सबै मोडलहरूमा एक लाख रुपैयाँले मूल्य वृद्धि भएको हो ।
सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोेको अवसरमा कम्पनीले टियागो ईभीे नेपाली बजारमा आकर्षक मूल्यमा सार्वजनिक गरेको थियो ।
कम्पनीका अनुसास टियागो ईभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक हो ।
हालसम्म यस गाडीका १ हजार ५०० भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेको र यो संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको कम्पनीको भनाइ छ ।
यस गाडीको खरिद सीमित अवधिका लागि राखिएको मूल्य, ग्राहकले दर्शाएको रुचि र मागको कारण मार्चसम्म लम्बाइएको थियो ।
प्रतिक्रिया 4