
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ नामक विशेष अफर ल्याएको छ । जस अन्तर्गत ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ फ्रीमा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी रेडमी नोट १३ खरिद गर्दा भने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाउनेछन् । यस अफरले नेपाली बजारमा उच्च गुणस्तरीय, पहुँचयोग्य प्रविधि प्रदान गर्ने शाओमीको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।
ग्राहकका लागि नयाँ वर्षमा रेड्मी नोट १३ मार्फत नवीन प्रविधिको पहुँच ग्राहकमा पुर्याउन खोजिरहेको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले बताए ।
रेड्मी १३ नोट सिरिज अन्तर्गत रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जी रहेका छन् । ६ जीबी र्याम प्लस १२८ जीबी स्टोरेज र ८ जीबी र्याम प्लस २५६ जीबी स्टोरेज गरी दुई प्रकारमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल एआई क्यामेरा सहित उपलब्ध छ ।
त्यसैगरी रेड्मी नोट १३ प्रो मा इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जी ९९ अल्ट्रा प्रोसेसर सहित ८ प्लस २५६ जीबी स्टोरेज र १२ जीबी प्लस ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।
रेड्मी नोट १३ प्रो प्लस ५ जीमा भने २०० मेगा पिक्सेल ट्रिपल क्यामरा, कर्भड् डिस्प्ले, आईपी ६८ रेटिंग भएको हुँदा धुलो र पानीबाट पनि बचाउँदछ । १२० वाटको चार्जर सहित ८ प्लस २५६ जीबी स्टोरेज र १२ जीबी प्लस ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।
१९ चैतदेखि सुरु भएको यो अफरको फाइदा उठाउनका लागि ग्राहकहरूले ९ वैशाखभित्र नजिकैको एमआई स्टोर र शाओमीको आधिकारिक रिटेल स्टोरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कति पर्छ मूल्य ?
कम्पनीका अनुसार रेड्मी नोट १३ अन्तर्गत ६/१२८ जीबीको मूल्य २४ हजार ९९९ र ८/२५६ जीबीको मूल्य २७ हजार ९९९ रुपैयाँ तोकिएको छ । यस सेरिजमा मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू कलर उपलब्ध छन् ।
मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा उपलब्ध रेड्मी नोट १३ प्रो अन्तर्गत ८/२५६ जीबीको मूल्य ३४ हजार ९९९ रुपैयाँ र १२/५१२ जीबीको ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यसैगरी मिडनाइट ब्ल्याक, मुनलाइट ह्वाइट र औरोरा पर्पल कलरमा उपलब्ध रेड्मी नोट १३ प्रो प्लस ५ जी अन्तर्गत ८/२५६ जीबीको मूल्य ४७ हजार ९९९ रुपैयाँ र १२/५१२ जीबीको मूल्य ५२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
विशेष अफर
रेड्मी नोट १३ सिरिजका कुनै पनि स्मार्ट फोनको खरिदमा ग्राहकले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
साथै रेडमी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो प्लस ५ जीको खरिदमा ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ ३ हजार ४९९ रुपैयाँ छुट मूल्यमा प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया 4