+
+

कामना सेवा विकास बैंकको सन्देशमूलक भिडियो सिरिजको टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १७:२२

काठमाडौं । कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज सार्वजनिक गरेको छ ।

बैंकका अनुसार ‘केएसबीबीएल : फाइनान्सियल फुटस्टेप्स’ नामक सिरिजको टिजर भिडियो सार्वजनिक गरिएको हो ।

नयाँ वर्षको अवसरमा बैंकले उक्त सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक गरिने बैंकले जनाएको छ ।

१३ वटा शृङ्खला भएको सो भिडियो विभिन्न आर्थिक चुनौती र माइलस्टोनहरू पार गर्दा सम्बन्धित पारिवारिक पात्रहरूको सेटको जीवनलाई पछ्याउँछ ।

प्रत्येक एपिसोडले वित्तीय योजनाका विभिन्न पक्षहरूमा जीवनको आवश्यकता र चाहना, बजेट, बचत, लगानी र ऋण व्यवस्थापनको महत्वलाई प्रस्तुत गरिएको बैंकले जनाएको छ ।

भिडियो शृङ्खलाको उद्देश्य आकर्षक कथा–कथन मार्फत वित्तीय साक्षरता र योजनाको महत्व झल्काउने छ ।

सो भिडियो सिरिज प्रत्येक हप्ताको आइतबार बैंकको सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुने बैंकले जनाएको छ ।

बैंकले बचत, ऋण तथा बैंकिङ कारोबारसम्बन्धी यस्ता वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?