+

चौथो राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो वैशाख पहिलो साता

२०८० चैत  २७ गते १८:४९ २०८० चैत २७ गते १८:४९
चौथो राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो वैशाख पहिलो साता

२७ चैत, काठमाडौं ।  चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता वैशाख २ गते हुने भएको छ ।

कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना, नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को सहयोगमा सो प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताका संयोजक तथा तेक्वान्दोका प्रमुख प्रशिक्षक नविनकुमार श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा देशभरका ६०० भन्दा बढी खेलाडीले सहभागिता जनाउने जानकारी दिए । गेरोगीतर्फ सिनियर पुरुष-महिलामा समान ६ गरी कुल १२ स्पर्धा र जुनियरतर्फ पुरुष-महिलामा समान १० गरी २० स्पर्धामा भिडन्त हुनेछन् ।

यसैगरी पुम्सेको व्यक्तिगत, समूहगत र जोडीसहित १२ स्पर्धा समावेश गरिएको छ । गेरोगी र पुम्सेमा गरी कुल ४४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यो प्रतियोगिता इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को छनोट पनि हो । यस प्रतियोगिताबाट तीन महिला र तीन पुरुष गरी ६ खेलाडी इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा चयन हुनेछन् ।

सिनियर तौल समूहका स्वर्ण विजेतालाई ओलम्पिक तौल समूहमा विभाजन गरी पुनः प्रतिस्पर्धा गराइने छ । जसमा विजयी हुनेले दक्षिण कोरियामा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् । दक्षिण कोरियाका लागि छनोट हुने सबै जनही ५० हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गर्नेछन् । सो प्रतियोगिता आगामी अगस्ट २३ र २४ मा दक्षिण कोरियाको सोलमा हुँदैछ ।

यसैगरी प्रतियोगिताका शीर्ष तीन टोलीले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट निर्णायकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

आइओएफटिसी हेडक्वाटरका निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले सन् २००० देखि सुरु भएको आइओएफटीसीको उद्देश्य कुनै पनि खेलाडी एकताबद्ध भएर मैत्री वातावरणमा तेक्वान्दोको अनुभव दिलाउनका लागि भएको बताए । उनले नेपालबाहिर अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको आयोजना हुँदा खेलाडी छनोट गर्ने प्रावधानअनुरुप यसपटक पनि यो प्रतियोगिता हुन लागेको जानकारी दिए ।

यसैगरी नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा सहसंयोजक अशोक खड्काले यो खुला प्रतियोगिता भएकोले सबै खेलाडीको सहभागिता रहने विश्वास व्यक्त गरे ।

तेक्वान्दो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय