
२८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सहकारी संस्थाको रकम अपचलनको विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठेकाले उनले राजीनामा दिनुपर्ने बताएका छन् ।
उनले राजनीनामा दिएपछि संसदीय छानबिन समितिले निकाल्ने निष्कर्षका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।
बजेट निर्माणको क्रममा विवादमा मुछिएका पूर्वअर्थमन्त्री जनार्दन शर्माले पनि पदबाट राजीनामा दिएको र संसदीय छानबिन समितिले सफाइ पाएपछि पदमा फर्किएको भन्दै उनले रविलाई पनि राजीनामा दिएर छानबिनमा सघाउन सुझाव दिए ।
‘सहकारीको रकम अपचलनको विषयमा जोमाथि शंका भइरहेको छ, उहि हाकिम भएर बस्न मिल्छ र ?’ बुधबार बिहान बुद्धनगरमा आयोजित एक कार्यक्रममा नेता सिंहले भने, ‘शंका उठिसकेकाले छानबिन गर्नुपर्यो नि त ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4