
२८ चैत, काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सहकारीको रकम अपचलनको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राखेको माग सत्ता गठबन्धनमा भ्वाङ पार्ने उद्देयश्यले भएको टिप्पणी गरेका छन् ।
सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलनको विषय अदालतमा विचाराधीन रहेको भन्दै थापाले अदालतमा विचाराधीन विषय संसदमा बहस गर्न नहुने पनि बताए ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै थापाले भने, ‘सत्ता गठबन्धनमा भ्वाङ पार्ने अरण्य रोदन हो । यसले देशलाई केही फाइदा हुँदैन ।’
सहकारी पीडितहरुलाई न्याय र दोषीलाई दण्डित हुनुपर्ने भन्दै उनले यसलाई सत्ता पक्ष र प्रतिपक्षको सौदाबाजीको विषय नबनाउन आग्रह गरे ।
व्यक्ति केन्द्रित नभई विषय केन्द्रित विषयमा संसदमा छलफल हुनुपर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4