
२८ चैत, काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकाको सान फ्रान्सिस्कोमा ‘नेपाल डे परेड’ आयोजना हुने भएको छ ।
एनआरएनए वेस्ट रिजन, क्यालिफोर्निया च्याप्टर लगायतको आयोजनामा १४ अप्रिलमा हुने यस कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, विश्वकीर्तिमानी हिमाली आरोहीहरू, भलिबल खेलाडीसहितको सहभागिता रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा विभिन्न जातजातीको भेषभूषा झल्कने नाचगान समेत प्रस्तुत गरिने भएको छ । यसका साथै नेपाली खानाका स्टलहरु समेत राखिने भएको छ ।
कार्यक्रममा स्थानीय सहरका मेयरहरू समेत सहभागी हुने भएका छन् । परेडमा सहभागी हुने नेपाली समुदाय आफ्नो मौलिक भेषभूषामा सहभागी भई नेपाल प्रवर्द्धन गर्ने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4