+

नुवाकोटमा हाप्किडोको राष्ट्रिय प्रतियोगिता

२०८० चैत  २८ गते २०:०४ २०८० चैत २८ गते २०:०४
नुवाकोटमा हाप्किडोको राष्ट्रिय प्रतियोगिता

२८ चैत, काठमाडौं । नुवाकोट आमन्त्रण ओपन हाप्किडो राष्ट्रिय च्याम्पियन ७ र ८ वैशाखमा नुवाकोटको बेलकोटगढीमा आयोजना हुने भएको छ ।

प्रतियोगिता नयाँ वर्ष २०८१ को उपलक्ष्यमा आयोजना हुन लागेको नेपाल हाप्किडो संघका मुख्य प्रशिक्षक प्रविण गुरुङले जानकारी दिए ।

प्रतियोगितामा स्पाइरिङ, हाइ फल, लङ फल र डेमोन्सट्रेसन समावेश गरिएका छन् । खुला प्रतियोगितामा ५ सयको हाराहारीमा खेलाडीको सहभागिता रहने गुरुङले जानकारी दिए ।

प्रतियोगिता बेलकोटगढी नगरपालिकास्थित अबिसरा शहीद स्मृती खेल मैदानमा हुने छ ।

नुवाकोट जिल्ला हाप्किडो संघको आयोजनामा हुने सो प्रतियोगितामा बागमती प्रदेश हाप्किडो संघ तथा नेपाल हाप्किडो संघको सहकार्य रहने छ ।

हाप्किडो राष्ट्रिय प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय