+

एन्फा अन्तर कलेज फुटसल च्याम्पियनसिपमा २४ टोली

२०८० चैत  २९ गते ९:२५ २०८० चैत २९ गते ९:२५
एन्फा अन्तर कलेज फुटसल च्याम्पियनसिपमा २४ टोली

२९ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने एन्फा अन्तर कलेज फुटसल च्याम्पियनसिपमा २४ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आगामी बैशाख २२ देखि जेठ ५ गतेसम्म हुने प्रतियोगितामा प्लस टु र ब्याचलर अध्यनरथ विद्यार्थीहरुको २४ टिम सहभागी हुने एन्फाले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।

सहभागी टिमलाई ८ समूहमा विभाजन गरिनेछ र हरेक समूहमा ३-३ टिम हुनेछन् ।

लिग कम नकआउटका आधारमा प्रतियोगिताको खेलहरु खेलाइनेछ । च्याम्पियनसिपका खेलहरु लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५ लख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ३ लाख तथा मोस्ट भ्यालुएबल प्लेअरले ५० हजार पाउनेछ ।

सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागि हुन इच्छुक कलेजहरुले वैशाख ४ गतेसम्म एन्फा मुख्यालयक सातदोबाटोमा नगद २० हजार शुल्कसहित टिम दर्ता गर्नुपर्ने एन्फाले जनाएको छ ।

प्रतियोगिताको बजेट कुल ३० लाख रहेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक, सह प्रायोजक, कमर्सियल राइट्ज एण्ड डिजिटल राइट र ब्रोडकास्टिङ राइट तथा होडिङ बोर्डको राइट्स प्याराडाइम ग्रुप प्रालिको प्याराडाइम स्पोर्ट्स नेटवर्कलाई प्रदान गरिएको छ ।

एन्फा अन्तर कलेज फुटसल च्याम्पियनसिप फुटसल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय