+

भारोत्तोलनमा सागरको कीर्तिमान सुधार

२०८० चैत  २९ गते १२:२५ २०८० चैत २९ गते १२:२५
भारोत्तोलनमा सागरको कीर्तिमान सुधार

२९ चैत, काठमाडौं । भारोत्तोलन खेलाडी सागर भण्डारीले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै तीन नयाँ कीर्तिमान कायम गरेका छन् ।

थाइल्याणमा भइरहेको आईडब्लु एफ कप-२०२४ मा भण्डारीले १०९ केजीमाथिको तौल समूहमा आफ्नो कीर्तिमा सुधार गरेको हुन् ।

सागरले यो समूहमा स्नाचमा १३४, क्लिन एन्ड जर्कमा १७२ र कुलमा ३०६ केजी भार उचालेर आफ्नो कीर्तिमान सुधार गरेका हुन् ।

उनले चीनमा भएको १९औं एसियन गेम्समा स्नाचमा राखेको रेकर्ड १३३ केजीलाई तोडेर १३४ केजी भार उचाल्न सफल भए । यस्तै, उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिप-२०२४ मा क्लिन एन्ड जर्कमा राखेको १७१ केजीको रेकर्ड १७२ केजी उचाल्दै सुधार गरे ।

समग्रमा उनले ३०३ केजीको रेकर्ड सुधार गरेर ३०६ केजीसम्म पुर्‍याएका छन्न् । कुलतर्फ ३०६ केजी भार उचाल्ने नेपाली खेलाडी सागरमात्रै हुन् ।

भारोत्तोलन सागर भण्डारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय