
२९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलहरूले देशलाई प्राथमिकता नदिएको बताएका छन् ।
घोराहीमा आयोजित नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले सबैजना पार्टीभन्दा माथि उठेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।
‘मैले देश बचाउनकै लागि संसद्मा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भन्दै आएको छु,’ कोइरालाले भने ‘राजनीतिक दलहरूले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म हुँदैन ।’
छिटोभन्दा छिटो दुई ठूला दल एक ठाउँमा उभिएर देशलाई निकास दिनुपर्ने कोइरालाले बताए । राजनीतिक दलहरूले राष्ट्रलाई प्राथमिकतामा नराखेकै कारण जनतामा निराशा छाएको उनले बताए । उनले भने, ‘नेताहरूले पहिले आफू त्यसपछि पार्टी अनि मात्रै देशलाई राख्ने गरेकाले संकट गहिरिएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4