+
+

ग्रामीण लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १५:०३

३० चैत, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका  कर्मचारीविरूद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मद्दा दायर गरेको छ ।

किर्ते (वनावटी) सदस्य बनाई विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा व्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको र पशु कर्जा/धितो कर्जा दिंदा कमिशन खाएको भन्‍दै अख्तियारले संस्थाका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीमाथि हानी नोक्सानी गरेको अभियोग लगाएको हो ।

२०६८/६९ देखि सार्वजनिक पदमा रहँदा उनले १९ लाख २ हजार २३७ रुपैयाँ अपचलन तथा हिनामिना गरेको खख्तियारको दावी छ । साथै अख्तिायरले सोही बराबरको बिगो माग दाबी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?