
काठमाडौं । मिस नेपाल २०२४ को अडिसन शुक्रबार भरतपुरबाट सुरु भएको छ । अडिसनमा ६ जनाले सहभागिता जनाएको द हिडन ट्रेजरले जनाएको छ ।
संस्थाका निर्देशक सुवर्ण क्षेत्री, मिस नेपाल वर्ल्ड सृच्छा प्रधान र मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाहले जजको रुपमा अडिसन लिएका थिए । यो अडिसनमा छनोट हुनेले मे १८ शनिबार काठमाडौंमा हुने अन्तिम अडिसनमा भाग लिनेछन् ।
बाँकी क्षेत्रीय अडिसनको आयोजना १७ अप्रिलमा पोखरा, २२ अप्रिलमा नेपालगञ्ज, २४ अप्रिलमा सुर्खेत, २८ अप्रिलमा वीरगञ्ज, ५ मेमा बिर्तामोड, ७ मेमा इटहरी, १२ मेमा भैरहवामा हुँदैछ ।
अहिले आवेदन चलिरहेको छ । १४ मे (जेठ १ गतेसम्म) इच्छुक युवतीले आवेदन दिन सक्ने जनाइएको छ । अडिसनबाट छनोट भएकाले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । आगामी अगस्ट ३ मा गोदावरीको सनराइज कन्भेसन सेन्टरमा फिनाले आयोजना हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4