+
+

चैतसम्म ३० अर्ब वैदेशिक लगानी प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १८:१७

३० चैत, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महिना (साउन–चैत) मा नेपालमा ३० अर्ब ९ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ ।

यस्तो प्रतिवद्धता गत वर्षको यसैअवधिको तुलनामा सामान्य वृद्धि भएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार गत वर्ष चैतसम्म २८ अर्ब ११ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो ।

उद्योग विभागका अनुसार चैतसम्म कुल २६९ वटा एफडीआई स्वीकृत भएको छ । जसमध्ये १६ वटा चैतमा स्वीकृत भएको हो ।

विभागका अनुसार ९६ करोड ५० लाख रुपैयाँ बराबरको लगानी एफडीआई प्रतिवद्धता आएको हो ।

यससँगै नेपालमा कुल एफडीआई ४ खर्ब ८० अर्ब रुपैयाँ बराबरको पुगेको छ । नेपालमा हालसम्म ६ हजार १२८ वटा विदेशी लगानी स्वीकृत भएको छ ।

यसवर्ष चैतसम्म स्वीकृति भएका प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामध्ये २५३ वटा साना उद्योगमा आएको छ ।

मध्यम खालका उद्योगमा १३ र ३ ठूला उद्योगमा लगानी प्रतिवद्धता आएको छ । यसवर्ष आएको कुल लगानी प्रतिवद्धतामध्ये सबैभन्दा धेरै पर्यटन उद्योगमा आएको छ ।

यस क्षेत्रमा १२२ एफडीआई स्वीकृत भएको छ । जसको हिस्सा ४५ प्रतिशत हुन आउँछ ।

दोस्रो नम्बरमा सेवा क्षेत्र रहेको छ । यस क्षेत्रमा ९३ एफडीआई स्वीकृति भएको छ । जसको हिस्सा ३५ प्रतिशत हुन आउँछ । तेस्रो नम्बरमा उत्पादन क्षेत्र रहेको छ ।

यसमा १२, सूचना प्रविधिमा ९, पूर्वाधारमा ६, कृषिमा ५ र खानीमा २ वटा लगानी स्वीकृत भएको विभागले जनाएको छ ।

यस वर्ष साउनदेखि चैतसम्म १ हजार ७२० जनाले विजनेश भिसा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?