३० चैत, काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा मलेसियाले दिएको मध्यम लक्ष्य पछ्याउनेक्रममा मध्यम सुरुवात गरेको छ ।
१४४ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा २ विकेट गुमाउँदै ८२ रन बनाएको छ । आसिफ शेख २९ बलमा २८ रन र रोहित पौडेल ७ रनमा क्रिजमा छन् ।
नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ७.५ ओभरमा ४९ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । कुशल भुर्तेल २४ बलमा ३ चौकासहित २४ रनमा एलबीडब्लू आउट भए । उनी पवनदीपको बलमा आउट भएका थिए ।
त्यसअघि अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।
कप्तान विरनदीप सिंह ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रन बनाएका थिए । नेपालका दीपेन्द्रसिंह ऐरीले २ र अभिनाश बोहराले १ विके
प्रतिक्रिया 4