३ वैशाख, काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलमा ओभर घटाइएको छ । खेल १८/१८ ओभरमा छोट्याइएको छ ।
खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा सुरु हुने तालिका थियो । तर, वर्षाको कारण ढिलो भयो । वर्षा रोकिएसँगै मैदानमा काम भइराखेको छ । खेल नेपाली समय अनुसार अब १२ : ४५ देखि सुरु हुनेछ ।
नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।
उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो ।
प्रतिक्रिया 4