
३ वैशाख, काठमाडौं । कोशी प्रदेश सभाको सचिवमा गोपालप्रसाद पराजुली पुनः नियुक्त भएका छन् ।
सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गले ९ वैशाखदेखि लागू हुने गरी पराजुलीलाई नियुक्त गरेका हुन् । आज मात्रै कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले पराजुलीलाई सचिवमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।
पराजुली यसअघि २०७६ वैशाख १२ गते ४ वर्षका लागि प्रदेश सभाको सचिवमा नियुक्त भएका थिए । पराजुलीले २ वर्ष ३ महिनापछि उमेर हदका कारण अवकाश पाउँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4