
३ वैशाख, काठमाडौं । वीर अस्पतालले ग्यास्ट्रोइन्टेरोलोजीको हप्ताको एक दिन विशेष ओपीडी सेवा सुरू गरेको छ ।
ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा. मुकेश शर्माका अनुसार हरेक सोमबार ग्यास्ट्रोको विशेष ओपीडी सेवा सञ्चालनमा आएको हो ।
आन्द्रा सुन्निने, अल्सरेटिभ कोलाइटिस, क्रोन्स डिजिज्जस्ता रोगको उपचारलाई प्रभावकारी बनाउनका लागि साताको एक दिन विशेष बहरिंग सेवा सुरू गरिएको शर्माले जानकारी दिए ।
‘आन्द्रा सुन्निने, अल्सरेटिभ कोलाइटिस, क्रोन्स डिजिजजस्ता रोगको उपचारलाई प्रभावकारी बनाउनका लागि हरेक हप्ताको सोमबार विशेष ओपीडी सेवा सञ्चालन गरिरहेका छौं । यसले बिरामीलाई थप सहज हुने अपेक्षा गरिएको छ,’ शर्माले भने ।
अस्पताल प्रशासनका अनुसार विशेषज्ञ ओपीडी सेवा लिनका लागि बिरामीहरूले हरेक हप्ताको सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्म अस्पतालको ग्यास्ट्रोइन्टेरोजोलीको ओपीडी रहेको दोस्रो तलाको कोठा नं. २३१ नम्बरमा सम्पर्क गर्नुपर्नेछ ।
प्रतिक्रिया 4