+
+

डन बन्दा यस्तो देखिए किरण केसी, ‘वर एण्ड वधु’ को बाँकी छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते १२:४२

काठमाडौं । निर्देशक मिलन चाम्सले आफ्नो नयाँ फिल्म ‘वर एण्ड वधु’ को दोस्रो चरणको छायांकन थालेका छन् । बुधबार ललितपुरमा किरण केसी र विवेक कर्माचार्यको केही दृश्य छायांकन गरिएको छ । किरण डन अवतारमा प्रस्तुत छन् ।

फिल्मको ५० प्रतिशत छायांकन यसअघि युरोपको रोमानिया, फ्रान्स र इटालीमा भइसकेको छ । २५ दिन सेड्युल तोकिएको फिल्मको बाँकी छायांकन नेपालमै गर्ने तालिका छ ।

महालक्ष्मीस्थानमा पूजाआजा गर्दै फिल्मको बाँकी सुटिङ थालिएको हो । अभिनेता केसीले लामो समय रोकिएको फिल्मको सुटिङ पुनः सुरु हुँदा आफू उत्साहित रहेको बताए ।

फिल्मको शीर्ष भूमिकामा आँचल शर्मा छिन् । उनी यतिबेला ‘डिग्री माइला’को प्रचारका लागि पूर्वी नेपालका सहरको दौडाहामा छिन् । आँचलले केही दिनमै सेट ज्वाइन गर्ने जनाइएको छ । विवाह संस्कृति र पारिवारिक कथावस्तुमा बन्न लागेको यो फिल्मबाट कर्माचार्यले अभिनय करिअर थाल्दैछन् ।

फिल्ममा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी, सृष्टि खड्का, कुसुम शर्मा लगायतको पनि अभिनय छ ।

प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा सुदीप बरालको छायांकन छ भने यसको मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन् । फिल्मलाई रिच इन्टरटेनमेन्टले नेपालभर प्रदर्शनका लागि वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?