+
+

प्रहरी हुँ भन्दै लुटपाट गरेको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १७:१५

६ वैशाख, काठमाडौं । प्रहरी हुँ भन्दै लुटपाट गरेको आरोपमा काठमाडौंमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काभ्रेको तेमाल गाउँपालिका–७ घर भएका सन्देश तामाङ र काभ्रेकै रोशी गाउँपालिका–३ का ३१ वर्षीय हिरालाल तामाङ छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

चैत २ गते बिहान १० बजेतिर काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ यज्ञमार्टको क्याफेमा चिया खाइरहेका व्यक्तिलाई उनीहरुले लुटपाट गरेको परिसरका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए ।

चिया पिइरहेका सप्तरीका विजय गोइतलाई उनीहरुले आफूहरु प्रहरी हो बताउँदै लुटपाट गरेको आरोप छ ।

गोइतलाई सुनको अवैध कारोबार गरेको भन्दै धम्क्याएर जाँच गर्ने निहुँमा ४० हजार नगद र उनको कोठाबाट सुनको औठी र बिल समेत लुटेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?