
६ वैशाख, काठमाडौं । गत सोमबार ‘ब्रेक थ्रु’ भएको नागढुंगा सुरुङ आयोजनाको भौतिक प्रगति ७२.६१ प्रतिशत पुगेको छ ।
यो आयोजनामा २६ सय ८८ मिटर लामो मुख्य सुरुङ र २ हजार ५ सय ५७ मिटर लामो रेक्स्यु सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ ।
‘ब्रेक थ्रु’ भएपनि यो सुरुङमार्गबाट अझै एक वर्ष सवारी साधन गुड्ने छैनन् । आयोजनाका निर्देशक नवीनमान श्रेष्ठका अनुसार टनेलतर्फको भौतिक प्रगति शतप्रतिशत पुगेको छ ।
यसबाहेक यहाँ अन्डरपास, बक्स कल्भर्ट, ओभरपास, पुल र फ्लाइओभर बन्दैछन् । यस्तो संरचनाको कुल संख्या १२ वटा रहेको छ । यो आयोजनामा वित्तीय प्रगति ६६.८१ प्रतिशत रहेको समेत आयोजनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4