+
+

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १९:१९

६ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद भएको छ ।

दिल्लीबाट बुधबार आएको इन्डिगो एयरलाइन्सको सिटमा १ किलो ७० ग्राम सुन बरामद भएको विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलले बताए ।

विमान अवतरण हुने बित्तिकै प्रहरीले नियमित जाँच गर्ने क्रममा उक्त परिमाणको सुन भेटिएको उनले बताए । प्रहरीको ‘मुभमेन्ट’ देखिएपछि लिएर आएका व्यक्ति सुन छाडेर भागेको हुनसक्ने आशंका गरिएको छ ।

फ्लाइट नम्बर ६ई११५१ नम्बरको इन्डिगो एयरलाइन्सको सिट नम्बर २७ चार्लीको पछाडि र २८ चार्लीको अगाडिको सिट पाकेटको तल बेवारिसे अवस्थामा रहेका झोलाबाट उक्त सुन बरामद भएको हो ।

कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सुन बरामद भएको एसएसपी पोखरेलले बताए । जसमा ३ थान सिक्री, ६ थान बिस्कुट, त्रिभूज आकारको सुनको टुक्रा २ थान र सिक्री जोड्ने साना रिङ गरी १ किलो ७० ग्राम बराबरको सुन बरामद भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?