+
+

माछापुच्छ्रे बैंकको नाफा ३६ प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते ८:१९

७ वैशाख, काठमाडौं । माछापुच्छ्रे बैंकको खुद नाफा ३६ प्रतिशत घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार साउनदेखि चैत मसान्तसम्म खुद नाफा ८५ करोड ५४ लाख रुपैयाँ छ । गत वर्ष यसै अवधिमा यस्तो नाफा १ अर्ब ३५ करोड रुपैयाँ थियो ।

बैंकको ब्याज आम्दानी नै घट्दा नाफामा असर परेको छ । चालु आवको तेस्रो त्रैमासमा बैंकको ब्याज आम्दानी ३ अर्ब ८४ करोड छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो आम्दानी ४ अर्ब १३ करोड थियो ।

बैंकले लोन लस प्रोभिजन गरेको रकम (इम्पेरिमेन्ट चार्ज) ९४ करोड ४३ लाख छ, पहिले ८१ करोड ९५ लाख रुपैयाँ थियो । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १७ रुपैयाँबाट ९ रुपैयाँ ८१ पैसामा झरेको छ । कुल कर्जामा बैंकको निष्क्रिय कर्जा समीक्षा अवधिमा २.३७ बाट बढेर चैत मसान्तसम्म ३.६८ प्रतिशत पुगेको छ ।

चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा भने ३० करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ । आर्जन भइसकेको नाफा नउठ्दा वितरणयोग्य नाफा ऋणात्मक देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?