+

युरोपा लिगबाट बाहिरियो लिभरपुल

२०८१ वैशाख  ७ गते ९:२१ २०८१ वैशाख ७ गते ९:२१
युरोपा लिगबाट बाहिरियो लिभरपुल

७ वैशाख, काठमाडौं । इंग्लिस क्लब लिभरपुल युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

लिभरपुलले गएराति क्वाटरफाइनल दोस्रो लेगमा बिहीबार इटालियन क्लब एटलान्टालाई १-० ले हराएको थियो । तर समग्रमा ३-१ ले पछि परेको हो । लिभरपुलका लागि मोहमद सालाहले सातौं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

पहिलो लेगमा लिभरपुल एटलान्टासँग ३-०  पराजित भएको थियो ।

एटलान्टासँगै इटलीकै रोमा अनि भर्खरै जर्मन बुण्डेसलिगा जितेको बायर लेभरकुजन र फ्रेन्च क्लब मार्सेले सेमिफाइनलमा स्थान बनाएका छन् ।

रोमाले इटालियन डर्बीलाई एसी मिलानलाई दोस्रो लेगमा २-१ ले पराजित गर्दै समग्रमा ३-१ ले विजयी भयो । यस्तै लेभरकुजनले पनि इंग्लिस क्लब वेस्टहमलाई समग्रमा ३-१ ले नै हरायो । यी दुईबीच दोस्रो लेग १-१ को बराबरीमा सकिएको थियो ।

उता मार्सेले पोर्चुगिज क्लब बेनफिकालाई पेनाल्टीसुटआउटमा ४-२ ले पराजित गर्‍यो । पहिलो लेग २-१  ले गुमाएको मार्सेले दोस्रो लेग १-० ले जित्दै समग्रमा स्कोर २-२ ले बराबरी गरेपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो ।

युरोपा लिग लिभरपुल क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय