+
+

राष्ट्रिय वाणिज्य बैंकले माग्यो सीईओ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १०:४४

७ वैशाख, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन माग गरेको छ । एक सार्वजनिक सूचना जारी गर्दै बैंकले खुला प्रतिस्पर्धात्मक माध्यमबाट सीईओ छनोट गर्न दरखास्त माग गरेको हो । इच्छुक, योग्यता पुगेका नागरिकले २१ दिनभित्र आवेदन दिन सक्नेछन् ।

व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, लेखा, गणित, प्रशासन तथा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका, सम्बद्ध क्षेत्रमा १० वर्षको कार्यानुभव भएको, राष्ट्र बैंकले तोकेका मापदण्ड पूरा गरेका व्यक्तिले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

राजनीतिक दलको सदस्य नभएको, बैंकसँग ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी कारोबारमा संलग्न भएको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणजस्ता अभियोगमा कसुरदार नरहेका, कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेकाजस्ता शर्तहरु पालना हुनुपर्नेछ । इच्छुक आवेदकले दरखास्तका साथ व्यावसायिक कार्यायोजना समेत पेश गर्नुपर्नेछ । बैंकको वेबसाइटमा फारम उपलब्ध रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?