
७ वैशाख, काठमाडौं । बिहीबार घटेको सुनको भाउ शुक्रबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलामा ७ सय रुपैयाँ बढेको हो ।
अघिल्लो दिन तोलामा १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७२० कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4