
७ वैशाख, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि ३ जनाको नाम सिफारिस भएको छ ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले प्राडा ध्रुवकुमार गौतम, प्राडा नन्दबहादुर सिंह र प्राडा देवबहादुर खड्काको नाम सिफारिस गरेको जनाएको छ ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीको संयोजकत्वमा बनेको छनोट तथा सिफारिस समितिले मंगलबार भएको प्रस्तुति तथा अन्तर्वार्ताको आधारमा सिफारिस गरिएको जनाएको छ । संयोजक अधिकारीले भने, ‘हामीले बिहीबार कार्यालय समयभित्र ३ जनाको नाम सिफारिस गरेका छौं ।’
समितिले सिफारिस गरेकामध्ये योग्यताक्रमको आधारमा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4