+

दीपेन्द्र र सन्दीप आउटसँगै संकटमा नेपाल

२०८१ वैशाख  ७ गते १३:०० २०८१ वैशाख ७ गते १३:००
दीपेन्द्र र सन्दीप आउटसँगै संकटमा नेपाल

७ वैशाख, काठमाडौं । प्रमुख ब्याटर दीपेन्द्रसिंह ऐरी आउट भएसँगै नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध संकटमा पुगेको छ ।

दीपेन्द्र स्पिनर आयन खानको १४ औं ओभरको दोस्रो बलमा ५ रनमा एलबीडब्लू आउट भएका हुन् ।

दीपेन्द्र उत्कृष्ट लयमा थिए । कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेका थिए । उत्कृष्ट अन्त्य गर्दै आएका उनी आजको खेलमा भने चुकेका हुन् । यस्तै सन्दीप जोरा पनि अर्धशतक बनाएर आउट भएका छन् ।

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १४ ओभरमा ५ विकेट गुमाउँदै ७७ रन बनाएको छ । सन्दीप जोरा ४९ र गुलशन झा १ रनमा क्रिजमा छन् ।

एसीसी प्रिमियर कप टी२० दीपेन्द्रसिंह ऐरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय