+
+

‘डिग्री माइला’ले पहिलो साता कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १६:५६

काठमाडौं । ‘डिग्री माइला’ले पहिलो साता घरेलु बक्स अफिसमा ५ करोड ५ लाख ग्रस कमाइ गरेको निर्माताले बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकामा २ करोड ५० लाख ग्रस र उपत्यकाबाहिर २ करोड ५५ लाख रुपैयाँ ग्रस कमाइ गरेको जानकारी दिइयो ।

कार्यकारी निर्माता मणिराम पोखरेलले यो कमाइ आफूहरुले अपेक्षा गरेको भन्दा कम रहेको बताए । उनले ओपनिङ पनि सोचेजस्तो हुन नसकेको बताए । ‘हामीले कबड्डी र जारीकै लेभलमा कमाइ होला कि भन्ने सोचेका थियौं । हाम्रो अपेक्षा धेरै माथि रह्यो,’ पोखरेलले भने ।

अभिनेता दयाहाङ राईले पहिलो साताको कमाइ अपेक्षित नै रहेको बताए । भिन्न तरिकाले कथा भन्ने आफूहरुको प्रयासको पहिलो थालनी ‘डिग्री माइला’ले गरेको दयाहाङले बताए ।

पत्रकार सम्मेलनमा वितरक र कलाकार लगायत सहभागी थिए । रामबाबु गुरुङ निर्देशित यो फिल्म शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । बाँसुरी फिल्म्सको यो प्रोजेक्टले शैक्षिक बेरोजगार पात्र र गाउँको क्याम्पसमा अंग्रेजी विषयको शिक्षक नियुक्तिको संघर्षबारे कथा पेश गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?