+
+

‘महाजात्रा’को चौथो सातासम्मको कमाइबारे के भन्छन् निर्माता ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १७:१८

काठमाडौं । फिल्म ‘महाजात्रा’को निर्माता कम्पनी षट्कोण आर्ट्सले चौथो सातासम्मको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको कमाइ सार्वजनिक गरेको छ । सो अवधिमा फिल्मले नेपालमा १५ करोड ९० लाख रुपैयाँ ग्रस कमाइ गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

भारतबाहेकका अन्तर्राष्ट्रिय बजारमा फिल्मले १० करोड ७५ लाख ग्रस कमाएको उल्लेख छ । फिल्मले दोस्रो श्रृंखला ‘जात्रैजात्रा’को कमाइलाई उछिनेको समेत षट्कोणले विज्ञप्तिमा जनाएको छ ।

निर्माताले फिल्मको देश तथा विदेशको कमाइ सार्वजनिक गरेपनि चलचित्र विकास बोर्डले यसबारे आधिकारिक उल्लेख गरेको छैन । ‘महाजात्रा’ले चौथो सातासम्म पनि दर्शकलाई हलसम्म तान्न सफल देखिएको छ ।

सप्ताहन्त मात्र होइन, विकडेजमा पनि फिल्मको अहिलेको अकुपेन्सी लोभलाग्दो देखिन्छ । ‘स्वदेशमा यस कम्पनीमार्फत निर्मित अघिल्ला सम्पूर्ण फिल्मको रेकर्डलाई महाजात्राले तोड्न सफल खबर सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं,’ कम्पनीका सीईओ तथा निर्माता म्याक्स दीपेश खत्रीले भनेका छन् ।

प्रदीप भट्टराई निर्देशित यो फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, हरिवंश आचार्य र वर्षा राउतको मुख्य भूमिका छ । आपतकालीन रुपमा आइलाग्ने मोटो रकमलाई लुकाउँदा उत्पन्न हुने परिस्थितिको विषयवस्तुमा आधारित फिल्मले भ्रष्टाचार र कालोधनको प्रवृत्तिलाई कटाक्ष गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?